‘चार दिन पछि एक मिनेट पनि पदमा बस्दिन’ : आइओएम डीन प्राडा शशी शर्मा

प्राडा शशी शर्मा डीन, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान

चार बर्ष पछि पुर्नवहाली हुनु भएको छ । कस्तो लाइरहेको छ ?
पुर्नवहाली भएकोमा खुशी छु । खुशी यस मानेमा ढिलै भएपनि अदालतले मलाई न्याय दिएको छ । चार दिनको लागि डीनमा पुर्नवहाली गरेको छ । त्यसैले न्यायापालिका प्रति आभारी छु ।

चार दिनको कार्यकाल सकिँदै, के के गर्नु भयो ?
आइतबार दिउसो फैसला भयो चार दिनको लागि, मलाई लाग्यो म आजै जानुपर्छ । मैले तत्काल त्रिवि पदाधिकारीसंग परामर्स गरेँ र आजैका मितिबाट पुर्नवहाली गर्छु भने । तत्काल कार्यकारीको बैठक बसी मलाई पुर्न नियुक्तीको पत्र उपलव्ध गराउनुभयो । मैले त्यसै दिन बेलुका नै आएर हाजिर गरेँ र काम सुरु गरे ।साँझको समयमा पनि प्राध्यापक संघ स्ववियू तथा फ्याकल्टी डाक्टरहरुले मेरो स्वागत गर्नु भएको थियो ।

मेरो छोटो समय छ । यो समयमा के गर्न सक्छु भन्ने बारेमा मैले पहल सुरु गरेँ । खासमा स्ववियूले उठाएका केही मागको सम्वोधन नभएर ताला बन्दी भएको रहेछ । मैले आएकै दिनबाट उनीहरुसंग बार्तामा बसेँ र त्यसलाई सकारात्मक दिशा तर्फ अघि बढाएको छु । त्यसबाहेक एमडीएमएस निशुल्कको घोषणा भएपनि केही प्राविधिक कठिनाई रहेछ । त्यसको हल गर्ने तर्फ लागेँ । यी बाहेक अरु नियमित काम त छँदैछ ।

तर यसपटक पनि तपाईँ डीन हुँनासाथ डा गोविन्द केसीको अनसन शुरु भयो ? उहाँसंग तपाईँको कुरा हुन पायो कि पाएन ?
अघिल्लो दिन बेलुका मात्रै पदवहाली भयो । अर्को दिन विहान देखि नै विद्यार्थीसंगको बार्ता, भेटघाट र छलफल हुँदै थियो । अपरान्हतिर उहाँको अनसन हुँदैछ भन्ने जानकारी सुनियो ।

तत्काल फ्याक्ल्टी साथीहरुसंग सल्लाहगरी अघिल्ला अनसनमा जस्तै अस्पतालमा अनसन नबसीदिन पत्र पठाइयो । उहाँले त्यो पत्र बुझ्नु त भयो अनसन पनि सुरु गर्नु भयो । तपाईँहरुकै मिडियाबाट थाह पाँए । तर राती एक्कासी प्रहरीले गिरफ्तार गरेको भन्ने खबर सुनियो । तत्काल साथीहरुसंग सल्लाह गरेँ, हाम्रो तर्फबाट के गर्ने भनेर तर कोहीले पनि सल्लाह दिनुभएन । अर्को दिन विहान फेरी सबै हेडअफ डिपार्टमेन्टका साथीहरुसंग बसेर डा केसीको विषयमा छलफल गरयौँ । तर विषय अदालतको थियो । हामीले उहाँको स्वास्थ्यको बारेमा चासो राख्यौँ ।

तपाईँको कार्यकाल त भोलि सकिदैँछ ? त्यसपछि के गर्नुहुन्छ ? अनि पदावधी लम्विने सम्भावना हुन्छ कि हुँदैन ?
ठिक भन्नुभयो । सर्बोच्चले मेरो बाँकी अवधीका लागि पुर्नवहाली गरेको हो । २७ पुस अर्थात भोलीसम्म म डीन हुँ । त्यसपछि म आफ्नो पूर्ववत काममै फर्कन्छु । कसैलाई भ्रम नहोस् म पदको लोभी होइन तर मलाई जुन किसिमबाट हटाइयो त्यसको न्याय माग्न म अदालत गएको हुँ । पदावधी सकिएपछि एक मिनेट पनि पदमा बस्दिन । मैले सम्वन्धित अधिकारीहरुलाई समेत प्रष्ट पारिसकेको छु ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *