बीर अस्पतालमा राखिएका डा. केसीलाई सर्बोच्च लगियो

काठमाडौँ, २६ पुस । स्वास्थ्य अवस्था विग्रिएपछि हिजो देखि बीर अस्पतालमा राखिएका डा .गोविन्द केसीलाई प्रहरीले सर्बोच्च अदालत पुरयाएको छ । आज देखि डा. केसी विरुद्ध परेको मुद्धाको बहस चल्नेछ ।

गत सोमबारदेखि प्रधानन्यायधीश गोपाल पराजुली विरुद्ध आमरण अनसन बसेका डा केसीलाई अदालतको अवहेलना मुद्धा परेको छ । अदालतले मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएपछि प्रहरीले सोमबार बेलुका ८ बजे नै डा केसीलाई नियन्त्रणमा लिएको थियो ।

हिजो दिउसो स्वास्थ्य विग्रिएपछि उनलाई अपरान्ह बीर अस्पतालमा पुरयाइएको थियो । डा. केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *