बीर अस्पतलामा पुरयाइएका डा. केसीले औषधि लिन मानेनन्
काठमाडौँ, २६ पुस । बीर अस्पतालमा पुरयाइएका डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर तर स्थिर रहेको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । मंगलबार अदालतमा बयान सकिएपछि प्रहरीले अपरान्ह बीर अस्पताल पुरयाएको थियो ।
डा. केसीले अस्पतालमा कुनै पनि औषधि लिन नमानेको उपचारमा सम्लग्न चिकित्सकका टोली प्रमुख डा. सुरेन्द्रलाल श्रेष्ठ बताए । उनले भने ‘उहाँमा टाउको दुख्ने, मुटुको चालमा गडबढी र मसल्स बाँउडिने समस्या रहेछ । तर उहाँले अहिले पनि औषधि लिन मान्नु भएको छैन,’डा श्रेष्ठले भने, ‘यसले कमजोरी बढाउने भयो ।’उनले खानपीन नगरेका कारण पिसावमा एसिटोन पोजेटिभ देखिन थालेको बताए ।
विहान देखि भने उनलाई ग्लुकोजविनाको स्लाइन दिन थालिएको डा. श्रेष्ठले जानकारी दिए । डा. केसीलाई केही क्षणमा सर्बोच्च पुरयाउने तयारी छ ।
सम्पर्क इमेल : [email protected]