बीर अस्पतलामा पुरयाइएका डा. केसीले औषधि लिन मानेनन्

सोमबार राति पक्राउ गरिएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई उपचारका लागि मंगलबार साँझ बीर अस्पतालको विरामी रेजिडेन्टहरुका लागि छुटयाइएको कोठा (क्याविन ९) भर्ना गरी उपचार गर्दै । तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २६ पुस । बीर अस्पतालमा पुरयाइएका डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर तर स्थिर रहेको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । मंगलबार अदालतमा बयान सकिएपछि प्रहरीले अपरान्ह बीर अस्पताल पुरयाएको थियो ।

डा. केसीले अस्पतालमा कुनै पनि औषधि लिन नमानेको उपचारमा सम्लग्न चिकित्सकका टोली प्रमुख डा. सुरेन्द्रलाल श्रेष्ठ बताए । उनले भने ‘उहाँमा टाउको दुख्ने, मुटुको चालमा गडबढी र मसल्स बाँउडिने समस्या रहेछ । तर उहाँले अहिले पनि औषधि लिन मान्नु भएको छैन,’डा श्रेष्ठले भने, ‘यसले कमजोरी बढाउने भयो ।’उनले खानपीन नगरेका कारण पिसावमा एसिटोन पोजेटिभ देखिन थालेको बताए ।

विहान देखि भने उनलाई ग्लुकोजविनाको स्लाइन दिन थालिएको डा. श्रेष्ठले जानकारी दिए ।  डा. केसीलाई केही क्षणमा सर्बोच्च पुरयाउने तयारी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *