क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग

उदयपुर, ५ पुस । उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।

खड्कालाई हिमाली यातायात व्यवसायी संघका तर्फबाट संघका अध्यक्ष शत्रुधन कार्कीले खड्काको घरमा नै पुगेर नगद रु ५० हजार प्रदान गरेको पीडित खड्काले बताए ।

यस्तै स्थानीय छिमेकीले समेत खड्कालाई रु एक लाख प्रदान गरेर आर्थिक सहयोग गरेका छन् । खुट्टाको क्यान्सरबाट पीडित बनेका खड्काको उपचारका क्रममा घरको आर्थिक अवस्था नाजुक बन्दै जान थालेपछि खड्काको उपचारमा अन्यले आर्थिक सहयोग शुरु गरेका हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *