टिचिङ अस्पतालका आवासीय चिकित्सकद्धारा आकस्मिक बाहेकको सेवामा सहभागी नहुने घोषणा

teaching-hospital

काठमाडौँ, १४ मंसिर – त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले भोलीबाट आकस्मिक सेवामा बाहेक अन्यत्र काम नगर्ने भएका छन् । १७ दिन देखि आमरण अनसनरत डा गोविन्द केसीको माग सुनुवाई नभएको भन्दै विरोध स्वरुप आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न लागेका हुन् । यसअघि गत १० मंसिरदेखि उनीहरुले ओपिडी बहिस्कार गरेका थिए ।

आवासीय चिकित्सकरुको यो घोषणाले शिक्षण अस्पतालमा भर्ना भएका विरामीलाई प्रत्यक्ष असर पर्ने देखिन्छ । डा केसीका अघिल्ला अनसनमा पनि आवासीय चिकित्सकले सेवा बहिस्कार गर्दा भर्ना भएका बिरामीहरु धमाधम निजी अस्पतालमा पठाइएका थिए ।

मंगलबार दिउसो नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन अध्यक्ष डा लिजन महर्जन र सचिव सचित शर्माद्धारा प्रेशित विज्ञप्तीमा डा केसीको जीवनरक्षाका लागि आकस्मिक सेवा बाहेकका अन्य शैक्षिक कार्यक्रममा सम्लग्न नहुने बताइएको छ । विज्ञप्तीमा अगाडी भनिएको छ, ‘एक निष्ठावान चिकित्सकको प्राण रक्षाको अभियानमा साथ दिन सबैमा आग्रह गर्दछौँ ।’

यता नेपाल चिकित्सक संघले तत्काल तदारुकताका साथ डा केसीको माग पुरा गर्न तर्फ लाग्न चिकित्सकहरुको विभिन्न ८ वटा संस्थाले संयुक्त अपिल गरेका छन् । उनीहरुले आज हुने बार्तामा ठोस निस्कर्ष ननिस्किए भोलीबाट देशव्यापी रुपमा कडा दवावका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।

यसरी विज्ञप्ती जारी गर्नेहरुमा डा लिजन महर्जन अध्यक्ष नेपाल रेजिडेन्ट डाक्टरर्स एसोसिएसन, डा सागर पोखरेल,अध्यक्ष नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, डा दिपेन्द्र पाण्डे डक्टर्स सोसाइटी अफ नेपाल रहेका छन् ।

त्यसैगरी डा विष्णु भण्डारी अध्यक्ष रेजिडेन्टस एसोसिएसन अफ न्याम्स, डा सन्तोष पौडेल अध्यक्ष नेशनल डक्टर्स एसोसियन नेपाल, डा तोसीमा कार्की सोलिडारिटी अफ मेडिकल फर्टिनिटी, डा अजित कुमार यादव अध्यक्ष जुनियर रेजिडेन्स वेलफेर सोसाइटी र डा जीवन क्षेत्री सोलिडारीटी फर डा जीकेसी अलायन्स रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *