पर्वतमा उन्नाइस व्यक्ति एचआइभी सङ्क्रमित

hiv

पर्वत, १४ मंसिर – एचआइभी एड्सबाट पर्वत जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ ।

तीमध्ये सातजना पुरुष, आठजना महिलामा एड्स सङ्क्रमण देखिएको हो । एड्स सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या भने तीन रहेको छ ।

जिल्ला अस्पताल पर्वतले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमित रोगीले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढी २५ वर्षदेखि ५० वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्स सङ्क्रमित देखिएको जिल्ला अस्पताल पर्वतले जानकारी दिएको छ ।

यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्ने व्यक्ति एचआइभी एड्सबाट बढी सङ्क्रमित भएको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर फणीन्द्र बरालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको सङ्क्रमण बढ्दोरुपमा देखिएको छ ।

जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासमा एड्सको सङ्क्रमण भएको र घरमा रहेका श्रीमती र बालबालिकालाई उनीहरुले नै एड्सको सङ्क्रमण गराएकोे उहाँको भनाइ छ । एचआइभी एड्सको सङ्क्रमण रोक्नका लागि जनचेतना बढ्दै जानुपर्ने बरालले बताए ।

जिल्लामा एड्सको सङ्क्रमण दर बढ्दै गएको देखिएकाले यसलाई न्यूनीकरण गर्नका लागि चेकजाँच सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न आवश्यक रहेको बरालको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *