‘रगत पूर्ण नि:शुल्क हुनुपर्छ, काम आजैबाट थाल्नुहोस्’ : स्वास्थ्य मन्त्री थापा

golden-jubliकाठमाडौँ, १३ मंसिर – स्वास्थ्य मन्त्री गगन थापाले रगत सम्पूर्ण निशुल्क गर्ने प्रक्रिया तत्काल अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । स्वयंसेवी दाताहरुले निशुल्क रुपमा दान दिएको रगतको कुनै पनि बहानामा शुल्क लिन नमिल्ने भन्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

रगत संकलन र वितरण गर्दै आएको संस्था केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ( व्लड बैंक)ले अहिले विभिन्न परीक्षण शुल्कका नाममा प्रतियुनिट ५२५ रुपैयाँ लिने गरेको छ ।

रक्तसञ्चार सेवाको ५० बर्ष पुगेका अवसरमा केन्द्रीय रक्तसञ्चार व्यूरोद्धारा आयोजित कार्यक्रममा मन्त्री थापाले भने, ‘यो धेरै ठूलो कुरा होइन, प्रक्रिया मिलाउने मात्रै काम हो । सरकारले निशुल्क औषधि दिन सक्ने तर दानबाट आएको रगत किन्नुपर्ने हुनसक्दैन् । त्यसैले यसका लागि के कसरी गर्नुपर्छ आजैबाट काम अघि बढाउनुस् । जनतालाई दान गरेको रगत दिएर पैसा लिन पाइदैन् ।’  मन्त्री थापाले रगत पूर्ण निशुल्कको प्रक्रिया आजैबाट थाल्न समेत निर्देशन दिए ।

‘कार्यन्वयनमा आउन केही समय लाग्ला तर काम आजैबाट अघि बढाउनुस मन्त्रालयले आवश्यक सहयोग गर्छ’ थापाको निर्देशन थियो ।

यसैबीच मन्त्री थापाको भनाईप्रति नेपाल स्वयंसेवी रक्तदाता समाजले स्वागत गरेको छ । समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले बर्षौ देखि आफूहरुले उठाउदै आएको कुरा स्वास्थ्य मन्त्रीले भनेको भन्दै यसलाई तत्काल कार्यान्वनयमा ल्याउन आग्रह गरे ।

नेपालमा कुल रक्तदानको ७२ प्रतिशत स्वयंसेवीले गर्ने रक्तदानबाट हुने गरेको छ । २२ प्रतिशत रगत आफन्तले दिएर हुने गरेको सो अवसरमा जानकारी दिइयो । विसं २०२३ सालमा बीर अस्पतालबाट सुरु भएको रक्तदान सेवा ५० बर्ष पुगेको अवसरमा आज कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा रक्तदानका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *