जिल्ला जन स्वास्थ्य काठमाडौँबाट निस्कियो ‘एक्सपाएर’ भएका दुई ट्रक औषधि

expire-medicine-copy

काठमाडौँ, १३ मंसिर – दुर्गम कर्णाली मात्रै होईन उपत्यकाकै कतिपय स्वास्थ्य चौकीमा अहिले पनि सामान्य सिटामोल नपाइन सक्छ । तर जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको गोदाम भने दुई ट्रक बढी औषधि कुहिएर रहेको पाइएको छ ।

कार्यालयले अहिले ती औषधि फाल्नका लागि गोदामबाट बाहिर परिषरमा निकाली थुपारेको छ । जिम्मेबार व्यवस्थापकको असावधानिका कारण जनताको करको रकमबाट जनतालाई नै निशुल्क वितरण गर्न भनि खरीद भएका ति लाखौँ मुल्यका औषधि अनाहकमा खेर गएको हो ।

दुई महिना अघि स्वास्थ्य मन्त्रालयबाट सरुवा भई जनस्वास्थ्य काठमाडौँको प्रमुख बन्न पुगेका महेन्द्रप्रसाद श्रेष्ठले अघिल्ला व्यवस्थापकको लापरबाहीले यो अवस्था आएको बताए ।  ‘गतवर्ष भूकम्प र नाकाबन्दीले देशभर औषधिको हाहाकार बन्यो, सरकारले फास्टट्रयाकमा औषधि खरीद गर्न २० करोड रकम छुट्याएको पनि हो । त्यो औषधि आयो आएन आपूर्ति व्यवस्थालाई थाह होला तर यहाँ यतिका धेरै औषधि रहेछ । अभाव भएका बेला यो औषधि पनि वितरण गर्न सकिन्थ्यो,’ उनले भने ।

आफू आए पछि गोदाम निरीक्षणको क्रममा केही औषधि एक्सपायर नजिक भएको पाएपछि छुट्याउन लगाँउदा ठूलो परिमाणमा एक्सपायर भएका औषधि भेटिएको बताए ।

स्टोरकिपर गिरीराज खतिवडाले कसरी यति धेरै औषधि एक्सपायर भयो भन्ने बारेमा छक्क परेको बताए । ‘म आफै यहाँ सरुवा भएको आएको दुई महिना भएको छ । हामी आए देखि औषधिको व्यवस्थापनमा लागेका छौँ ‘ खतिवडाले अगाडी थपे, ‘विगतकाले गरेको कमजोरी हामीबाट हुन दिने छैनौँ ।’

कार्यालयका प्रमुख श्रेष्ठले औषधि यसरी एक्सपायर हुनुमा व्यवस्थापनको कमजोरीसंगै नीतिगत समस्या रहेको बताए । ‘व्यवस्थापकले स्टोरमा के कति औषधि छ ? कति एक्सपायर नजिक छ ? आदी बारेमा जानकारी गर्नुपर्दथ्यो तर त्यो भएको पाइएन । अर्को कुरा हामीलाई कति आवश्यक छ भन्ने कुरा केन्द्र र क्षेत्रबाट पठाइने मात्राले मिल्दैन । जिल्लाका लागि जिल्लाले नै खरीद गर्नुपर्छ । त्यसो भयो भने दोहोरिन पाउदैन ।’

हुनपनि जिल्लामा क्षेत्र केन्द्र र जिल्लाकै बजेट गरी बार्षिक रुपमा ४ करोड बढीको औषधि आउने गर्छ । तर त्यसको वितरण प्रभावकारी नहुँदा बर्षेनी ठूलो परिमाणमा औषधि खेर जाने गरेको छ । काठमाडौँ मात्रै होइन देशका अधिकांश जिल्लाहरुको अवस्था यस्तै हुनसक्छ एक कर्मचारीले बताए ।

expire-med-copy

expire-medi-copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *