बिरामी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

iran-healcoptarइरान, १२ मङ्सिर – बिरामी बोकेको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बिरामी र चारजना चालकदलका सदस्यसहित पाँच जनाको आइतबार मृत्युभएको यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

विमान चालकदलका चार सदस्य र उपचारका लागी हिँडेका बिरामी यात्रुको क्षतविक्षत अवस्थामा मृत शरिर उद्धारटोलीले “क्यासपियन सी”बाट उद्धार गरेको इरानी सुरक्षा अधिकारीले जनाएका छन् ।

नेशनल इरानियन ड्रिलिङ कम्पनीको उक्त हेलिकप्टर अभीरकवीरबाट करिव एक किलोमिटर ताढा दुर्घटनाग्रस्त भएको आइएसएनए न्यूज एजेन्सीले बेहसारका गभर्नर खलेग साजादीलाई उद्धृत गर्दै जनाएको छ ।

विमानको ब्लाकबक्स भेटिइनसकेकाले दुर्घटनाको बारेमा पत्ता नलागेको जनाउदै छिट्टै ब्लाकबक्स खोजी अनुसन्धान थालिने कम्पनीले जनाएको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *