मेडिकल काउन्सिलद्धारा लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, एमबीबीएसमा ५८ बीडीएसमा ८० प्रतिशत पास (नतिजा सहित)

NMC!

काठमाडौँ, ११ मंसिर – नेपाल मेडिकल काउन्सिलले शनिबार ( आज) सञ्चालन गरेको चिकित्सक दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा अनुसार एमबीबीएस तर्फ ५८.२५ प्रतिशत र डेन्टल तर्फ ८०.५८ प्रतिशत पास भएका छन् ।

काउन्सिलले आजको परीक्षामा एमबीबीएस तर्फ ८७१ जनाले परीक्षा फारम भरेको त्यसमध्ये ४ जना गयल भई परीक्षा दिने ८६७ मात्रै भएको जनाएको छ । त्यस्तै बीडीएस तर्फका १०३ जना परीक्षामा सहभागी थिए ।

काउन्सिल अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले परीक्षा व्यवस्थित र मर्यादित भएको जानकारी दिए । उनले नतिजा केही बेर अघि मात्रै प्रकाशित भएको बताए ।

बर्षमा तीन पटक हुने एमबीबीएस र बीडीएसको परीक्षा केन्द्र यसपटक पनि स्वयंम्भू सानोभरयाङ स्थित नेपाल आर्मीको मेडिकल कलेजमा भएको थियो ।

http://नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “मेडिकल काउन्सिलद्धारा लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, एमबीबीएसमा ५८ बीडीएसमा ८० प्रतिशत पास (नतिजा सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *