उपकुलपति निवास घेराउ गर्न पुगेका ३१ जना डा. केसी समर्थक पक्राउ

काठमाडौँ , ११ मंसिर – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाको निवासमा घेराउ गर्न गएका डा गोविन्द केसी पक्षधर २५ जना समर्थक पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले कालिमाटीबृत्तमा राखेको आवासीय चिकित्सक संघका अध्यक्ष डा. लिजन महर्जनले बताए ।

doctor

१४ दिन देखि आमरण अनसन बसेका डा गोविन्द केसीले उपकुलपति डा खनियालाई शैक्षिक अपराधी भन्दै बर्खास्त गर्न माग गर्दै आएका छन् ।

आजै माइतीघर देखि बानेश्वरसम्म दवाव रयाली आयोजना गरेका विद्यार्थी तथा विवेकशील नेपाली पार्टीका कार्यकर्ता केही समय अघि खनिया निवास घेराउका लागि गएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *