आइओएमले तोक्यो पुरानै शुल्क : एमबीबीएसलाई ३५ लाख बीडीएसलाई साढे १७ लाख

deen-office-copyकाठमाडौँ, ११ मंसिर – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले नयाँ भर्ना हुने एमबीबीएस र बीडीएसका विद्यार्थीसंग गतवर्षकै शुल्कमा नबढ्ने गरी लिन कलेजहरुलाई र दिन विद्यार्थीहरुलाई आवहान गरेको छ ।

आइओएमले सूचना प्रकाशित गरी एमबीबीएसमा पूर्ण शुल्क तिर्ने विद्यार्थीले उपत्यका भित्र ३५ लाख रुपैयाँ, उपत्यका बाहिरका कलेजले ३८ लाख ५० हजार रुपैयाँसम्म लिन सक्ने जनाएको छ । यो शुल्क महाराजगञ्ज क्याम्पसमा पूर्ण शुल्क तिरेर पढ्ने विद्यार्थी सहित सम्वन्धन प्राप्त कलेजमा पढने विद्यार्थीका लागि भनिएको छ ।

त्यस्तै बीडीएस तर्फ १७ लाख ५६ हजार ९२० रुपैयाँ तोकेको छ । आइओएमले विदेशी विद्यार्थीको लागि भने शुल्क तोकेको छैन् । नेपालमा झण्डै चालिस प्रतिशत विद्यार्थी विदेशी हुने गर्छन् ।

एमबीबीएस र बीडीएसको शुल्कको समेत माग राख्दै डा गोविन्द केसी अनसन बसीरहेका बेला आइओएमले यस्तो सूचना निकालेको हो । तर आइओएम स्रोतका अनुसार कतिपय कलेजहरुले त्रिविले तोकेको रकममा रसिद काटिदिने तर विद्यार्थीसंग दोब्बर असुल्ने गर्दछन् ।

आइओएमले विद्यार्थीसंग तोकिएको शुल्क तीन किस्तामा लिन समेत भनेको छ । पहिलो किस्तामा ५० प्रतिशत , दोस्रो र तेस्रो किस्तामा २५ – २५ प्रतिशत तोकेको छ ।

गतवर्ष १ असोजमा सरकारले पठाएको निर्देशन अनुसार आइओएमले शुल्क सिमा तोकेको थियो ।

fee

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *