शुक्रराज ट्रपिकल अस्पतालमा ६४ स्लाइसको सिटिस्क्यान मेसिन सञ्चालनमा, सस्तोमा सेवा

teku-ct

काठमाडौँ, ९ मंसिर – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सिटिस्क्यान सेवा सुरु गरेको छ । सरकारी अस्पतालमै सबै भन्दा उच्च गुणस्तरको (६४ स्लाइस सीसी)को सिसिस्क्यान मेसिनद्धारा सेवा सुरु गरेको हो । यद्धपी सिटी गराएबापत लाग्ने शुल्क भने सबैभन्दा सस्तो रहेको अस्पताल प्रशासनको दावी छ ।

‘औपचारिक उद्घाटन त भइसकेको छैन्, यद्धपी हामीले सिटिस्क्यान सेवा दिन थालिसकेका छौँ,’ अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले भने, ‘हाम्रोमा भएको मेसिन नेपालमा ल्याइएका सिटी मेसिनमध्येको सबैभन्दा अत्याधुनिक र उत्कृष्ठ हो ।’  ग्लोबल फण्डको आर्थिक सहयोगमा ल्याइएको सो मेसिन करीब ८ करोड मुल्यको रहेको बताइएको छ ।

निर्देशक डा. खरेलले आम सर्वसाधारणका लागि न्युन शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालको लक्ष रहेको बताए । ‘हामी केश हेरीकन २ हजार देखि १० हजारसम्म लिने गर्छौ । यो  खालको मेसिनबाट यो शुल्कमा दिइने सेवा अन्यत्र भन्दा निकै सस्तो हो’ उनले भने ।

चार बेडको आईसीयु तयारी अवस्थामा

यसैबीच शुक्रराज अस्पतालमा पहिलो पटक आइसियु सेवा सुरु गर्न लागेको छ । अस्पतालले एक महिना भित्र आइसियु सेवा सञ्चालन गर्ने जनाएको छ । ‘अहिले चार बेडको आइसियु बनाएका छौँ । त्यसमा दुईबेड भेन्टिलेटर समेत राख्ने तयारी छ’ निर्देशक खरेलले भने ।

१० – ५ ओपिडी लागू

अस्पतालहरुमा १०-५ ओपिडी सेवा दिनुपर्ने स्वासथ्य मन्त्रालयको निर्देशन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुरु भएको छ । अस्पतालले अस्ति देखि सो सेवा सुरु गरेको जनाएको छ । ‘छोटो दिनमा १० – ४ र लामो दिनमा १०-५ सेवा दिनुपर्ने स्वास्थ्य मन्त्रालयको निर्देशन हामीले कार्यान्वयनमा ल्याईसकेका छौँ ‘ निर्देशक खरेलले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *