यस्ता छन् शाकाहारी खाना खानुका फाइदा

vagetabale

शाकाहारी खानामा रोगसंग लड्न सक्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन जबकि शाकाहारी खाना चाँडै पच्छ । साथै यसले मष्तिष्कलाई सचेत राख्नुका साथै बौद्धिक क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।

तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी खानामा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।

शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । शाकाहारीको भोजन गर्ने महिलालाई स्तन क्यान्सरको खतरा पनि कम हुन्छ ।

मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु बढाइदिन्छ । मासु खाँदा प्राप्त हुने तत्व बनस्पति तथा शाहाकारी खानामा पनि पाइन्छ ।

शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । यस्तै, शाहाकारी  भोजन गर्ने व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ । शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ ।

पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांशाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

शरीरको तापक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण गर्न शाहाकाहारी खाना प्रभावकारी मानिन्छ ।

साथै मांशाहारीको तुलनामा शाकाहारीलाई क्यान्सर रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *