‘स्वस्थ मिर्गौलाका लागि स्वस्थ खानपान र स्वस्थ वातावरण आवश्यक’

suji
काठमाडौँ, ९ मंसिर – स्वस्थ मिर्गौलाका लागि स्वस्थ खानपान र बाताबरणको आवश्यकता छ भन्ने सन्देश दिन बुधबार हेल्थकियर फाउन्डेशनले विशेष कार्यक्रमको आयोजना गरयो ।

ताइवानको सुजी फाउन्डेशनसंग मिलेर गरेको उक्त कार्यक्रममा स्वस्थ खानपान, जीवनशैली तथा स्वस्थ बाताबरण बनाउने उपायहरुको बारेमा चर्चा गरिएको थियो । सो अवसरमा डाई टेक्नोलोजी ताइवानले बाताबारण विगार्ने प्लास्टिक जन्य फोहरलाई रिफाइन गरी बनाइएको दैनिक उपभोग्य बस्तु तथा सामानहरुको समेत प्रदर्शन गरिएको थियो ।

डाई टेक्नोलोजीद्धारा उत्पादित सामानहरुको नेशनल किड्नी सेन्टरका चिकित्सक नर्स तथा कर्मचारीहरुले र्याम्पमा उत्रेर प्रदर्शनी गरेका थिए ।

suji1

नेशनल किड्नी सेन्टरका प्रमुख डा. ऋषिकुमार काफ्लेले कार्यक्रमको उद्धेश्य मिर्गौला जोगाउनका लागि स्वस्थ खानपान र बाताबारणको महत्व कति रहेछ भनेर जानकारी दिनु रहेको बताए । उनले ताइवानको सुजी फाउन्डेशनले जनस्वास्थ्यको क्षेत्रमा गरेका उत्कृष्ठ कार्यलाई नेपालमा सिकाएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *