स्थायी गर्न १० जना विशेषज्ञ चिकित्सक खोज्दा एउटा पनि दरखास्त परेन

doctor1

काठमाडौँ, ९ मंसिर – लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी नियुक्त गर्न दरखास्त आवहान गरेपनि सो पदका लागि एक जना पनि चिकित्सक तथा नर्सहरुले दरखास्त दिएनन् ।

आयोगका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट छनौट गर्न खोजिएको कन्सलटेन्ट इन्डोडेष्टिष्ट्रीमा १ सिट, कम्युनिटी नर्सिङ प्रशासक ३ सिट, कन्सलटेन्ट ओरल सर्जन १ सिट, कन्सलटेन्ट प्रोस्थोडेष्टीष्ट्री १ सिटका लागि दरखास्त नै परेन ।

त्यस्तै कन्सलटेन्ट पेरियोडोष्टीष्ट्रि १ सिट, आयुर्वेद तर्फको कन्सलटेन्ट स्त्रीरोग तथा प्रसुति चिकित्सक १ सिटमा दखास्त नै परेन । कन्सलटेन्ट नियोनेटाजोजिष्टमा खुल्ला र आन्तरिक प्रतिस्पर्धा तर्फ गरी २ सिटमा पनि दरखास्त परेन ।

यता कन्सलटेन्ट अर्थोडेन्टिष्ट्री १ सिटका लागि एउटा निवेदन परेपनि लिखितमा छनौट हुन सकेन । त्यस्तै कन्सलटेन्ट न्युरो सर्जन २ सिटका लागि दरखास्त मागिए पनि १ जनाले मात्रै नाम निकालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *