जयन्ती स्मृति प्रतिष्ठानले पोखरामा नि:शुल्क मुटुरोग शिबिर सञ्चालन गर्ने

jayanti-memorial-trust-logo-2
पोखरा, ८ मंसिर – आउदो मंसिर १८ गते पोखरामा बृहत निशुल्क मुटुरोग शिबिर सञ्चालन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिषरमा हुन लागेको उक्त शिबिरमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाको नेतृत्वमा नेपाली चिकित्सकहरुको टोली रहने छ । त्यस्तै युनिभर्सिर्टी अफ कोलोराडोबाट आउने विदेशी चिकित्सकले समेत सहभागिता जनाउने बताइएको छ ।

जयन्ती स्मृति प्रतिष्ठानको आयोजना र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको सह आयोजनामा गर्न लागिएको उक्त शिबिरमा परीक्षण गर्दा थप उपचार गर्नुपर्ने गम्भीर केश भेटिए तत्काल काठमाडौँ रिफर गर्ने व्यवस्था समेत गर्न लागिएको आयोजकले जनाएको छ ।

जयन्ती स्मृति प्रतिष्ठान नेपालका गरीब तथा असहाय मुटुका बिरामीहरुको उपचारमा सहयोग पुरयाउन सक्रिया मानवीय सेवा मुलक संस्था हो । प्रतिष्ठानले बिगत १३ बर्ष मुटु रोगको उपचारलाई सर्वसाधारण जनताको पहुँच सम्म पुरयाउन काठमाडौँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसंग मिलेर काम गर्दै आएको जनाएको छ ।

पोखरास्थित फिस्टेल लजको आम्दानीबाट समस्यामा रहेका मुटुरोगको उपचारका लागि निशुल्क मुटु परीक्षण शिबिर, सचेतना कार्यक्रम , मुटुको भल्भ फेर्न अनुदान दिने लगायतका कामहरु गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *