अमला एक फाइदा अनेक

 

Amla-110

भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ । अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ ।

अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

यसको सेवनले शरीरमा भएका विकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ ।

अमलाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गराउन मद्दत गर्छ ।

यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ ।

अमलाको सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै पिसाबसम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *