९५ बर्षीय बृद्धद्धारा एम्बुलेन्स सेवाको शुभारम्भ

ambulanceउदयपुर, ७ मङ्सिर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ गाईघाटमा अवस्थित आँखा उपचार केन्द्रले सोमबारदेखि औपचारिक एम्बुलेन्स सेवा सुरु गरेको छ । सेवाको शुभारम्भ ९५ बर्षीया बृद्ध रत्नबहादुर परियारले गरेका थिए ।

७० औँ गणतन्त्र दिवसको अवसरमा भारत सरकारद्वारा प्रदान गरिएको उक्त एम्बुलेन्स सोमबार गाईघाटस्थित आँखा उपचार केन्द्रमा एक औपचारिक कार्यक्रम आयोजना गरेर सेवा सुरु गरिएको कुरा आँखा उपचार केन्द्र गाईघाटले बताएको छ ।

झन्डै रु ३२ लाख मूल्य बराबरको उक्त एम्बुलेन्सबाट प्रदान गरिने सेवाले आँखा उपचारका लागि आउने बिरामी र अन्य बिरामीका लागि समेत प्रयोग गर्न सेवा प्रदान गरिने कुरा आँखा उपचार केन्द्र गाईघाटका अध्यक्ष भागवत राउतले बताए ।

एम्बुलेन्स सेवा सञ्चालनमा दलितलाई १० प्रतिशत शुल्क छुटसहित सेवा प्रदान गरिन लागेको पनि अध्यक्ष राउतले बताए । उक्त एम्बुलेन्स सेवा सञ्चालन कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका ज्येष्ठ नागरिक ९५ वर्षीय रत्नबहादुर परियारले उद्घाटन गरेका थिए ।

कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले विशेष अतिथिका रुपमा बोल्दै आँखा अस्पतालले आफ्नो एम्बुलेन्स सेवा सुरु गरेर अब जनताको सेवा गर्ने मौका पाएका कारण अब सेवाग्राहीले सही र पारदर्शी सेवा पाउने बताए ।

यस्तै, कार्यक्रमका सभापति राउतले आँखा उपचार केन्द्रले एम्बुलेन्स सेवा सञ्चालन गर्न सफल भएकोमा सबैलाई बधाई दिँदै सहयोगको लागि पनि अनुरोध गरे ।

सातवर्ष अघि सगरमाथा चौधरी आँखा अस्पताल, लहानको अनुमति लिएर यसको उपशाखाको रुपमा स्थापना गरिएको गाईघाटस्थित आँखा उपचार केन्द्रले हाल उदयपुर, खोटाङ र सोलुखुम्बु तथा ओखलढुङ्गासम्मका जनतालाई सेवा दिइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *