अब दर्ता तथा नविकरण नभएका क्लिनिकमा ‘पार्टटाइम जब’ गर्ने डाक्टर माथि पनि कार्बाही ?

mohp-copy

काठमाडौँ, ६ मंसिर – स्वास्थ्य मन्त्रालयले दर्ता तथा नविकरण नभएका थुप्रै क्लिनिकमा सरकारी डाक्टर तथा नर्सहरुले ‘पार्टटाईम जब’ गरेको पाइएको भन्दै अब त्यस्तो गर्न नपाइने बताएको छ । मन्त्रालयले दर्ता तथा नविकरण नभएका क्लिनिकहरुमा काम गरेको भेटिए सम्वन्धीत सरकारी चिकित्सक तथा नर्सलाई नै कारबाही गर्ने योजना अघि सारेको छ ।

मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले उपत्यकामा एक साता गरिएको अनुगमनका क्रममा थुप्रै क्लिनिकहरुमा सरकारी अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुले काम गरेको भेटिएको भन्दै देखि त्यस्ता क्लिनिकमा जान रोक लगाइएको बताए ।

‘धेरै जसो क्लिनिकहरु सरकारी डाक्टरकै कारण चलेको समेत पाइयो । यदि सरकारी डाक्टरले दर्ता नभएको क्लिनिकमा नजाने हो भने त्यस्ता क्लिनिक कि दर्तामा आउछन कि बन्द हुन्छन् । त्यसैले यस्तो व्यवस्थ गर्न लागिएको हो । यसको खिलापमा गएर काम गरे डाक्टरमाथि नै कारबाही हुन्छ ,’  उनले भने ।

स्वास्थ्य मन्त्रालयले गत सोमबार देखि हिजोसम्म गरेको काठमाडौँ र ललितपुरमा गरी एक सय भन्दा बढी क्लिनिक तथा फार्मेसीको अनुगमन गरेको थियो । सो क्रममा तीन दर्जन बढी क्लिनिकहरु दर्ता विना नै सञ्चालन भएको पाइएको थियो । ती क्लिनिकहरुमा अनुगमन टोलीले सिल गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *