के हो यौन दुर्बलता ? समाधानका उपाय के के छन ?

untitled-3-copy

के हो यौन दुर्वलता ?

सामान्य अर्थमा यौन इच्छामा कमी हुनुलाई यौन दुर्वलता भनिन्छ । यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ । यौन इच्छामा कमि हुनु, यौन सम्पर्कमा रुची नहुनु जस्ता कुराले मानसिक रुपमा यौन दुर्वलताको संकेत गर्दछ भने यौन इच्छा वा सम्पर्कका बेला लिंगमा कडापन नआउनु, मोटो वा ठूलो नहुनु शारीरिक रुपमा देखिने यौन दुर्वलताको संकेत हो । अर्थात यो या त्यो जुनसुकै कारणले पनि यौनको भोग नलाग्नु वा यौनको प्यास मेटन नसक्नु यौन दुर्वलता हो ।

यौन दुर्वलता देखिनुको प्रमुख कारण मनोविज्ञान, तनाव, हर्मोनमा कमि र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु हो । त्यसबाहेक व्यक्तिको खानपान, रहनसहन तथा जीवनशैलीले पनि यौन दुर्वलता बढाउन लागि मद्धत गर्छ ।

यौन दुर्बलता हुनुका मुख्य कारणहरु के के हुन् ?

यौन दुर्बलता एक दुईवटा कारणहरुले हुने होइन । यद्धपी केही यस्ता कारण छन् त्यसले अन्य स्वास्थ्य समस्यासंगै यौन दुर्बलतामा अधकेल्छ नै । त्यस्तो कारणमा प्रमुख रुपमा आउँछ धूमपान ।

लिंगमा मसिना रक्तनली हुन्छन् धूमपानले ती मसिना रक्तनलिलाई साघुरो बनाउछ । जसले लिंगमा रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । जव रक्तप्रभाव नै बन्द भयो भने लिंगमा कडापन हुन सक्दैन् ।

त्यस्तै मध्यपान, उच्चरक्तचाप, मधुमेह, तथा छारेरोगको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।  त्यस्तै बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ह्रास भई यौन दुर्वलताको समस्या हुने गर्छ ।

पुरुषहरुमा आर्थिक तथा सामाजिक समस्या तथा तनावले सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौन इच्छा तथा काम शक्तिमा समेत असर पुर्याउछ ।

hotel, travel, relationships, and sexual problems concept - upset man sitting on the bed with woman on the back

लाजका कारण पालिएको रोग 

यौन दुर्वलता हुनु सामान्य स्वास्थ्य समस्या हो यदि समयमै उपचार गरियो भने । तर यौनका बारेमा खुलस्त कुरा गर्न नसक्ने नेपाली समाज र त्यहि समाजमा हुर्केका आम सर्वसाधारणले लाजका कारण रोग लुकाउदा समस्या बल्झिने गरेको हो ।

कतिपयले साह्रै समस्या भएपछि मानिसहरु छाला तथा यौनरोग, मनोचिकित्सक, यौन चिकित्सक, इन्डोक्रोनोलोजिस्ट कहाँ समस्या लिएर उपचारका लागि जाने गरेको पाइन्छ । तर पनि उनीहरुमा डर भय लाज र प्रतिष्ठाको विषयमा जकडीरहेका हुन्छन् ।

अझ भनौ यसले व्यक्तिगत जीवन पारिबारिक जीवन, दाम्पत्य जीवनमा समेत ठूलो असर पारिरहेको हुन्छ । यौन दुर्बलताका कारण श्रीमान श्रीमतीबीच मनमुटाव बढ्ने, विवाह गर्ने बेलामा नगर्न खोज्ने, एक खालको आफूलाई हिनताबोध गर्ने जस्ता समस्या समेत देखिन्छ ।

यस्तो भयो भने यौन दुर्बलता हुन सक्छ

यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी अर्थात महसुस गर्ने खालका हुन्छन् । सहबासका बेला भाग्न खोज्ने, सेक्स पार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् ।

दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढदै जाँदा मानसिक तथा अन्य समस्या समेत देखा पर्न सक्छ । यौन क्रियाकलापलाई असर पर्ने गतिविधिबाट जोगिनु राम्रो हुन्छ ।

यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा कतिपयमा गम्भीर मानसिक समस्या समेत देखिन्छ ।

त्यति माात्रै होइन, लाजकै कारण यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अङ्गमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् ।रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहि ठूलो समस्या हो । यौन दुर्बलताका कुनै एक कारण नभइ बिभिन्न कारणहरु छन् ।

यौन दुर्बलता बढाउन सहयोग पुरयाउने तत्वहरु

व्यक्तिको चेतना प्रमुख कारण हो । अनी डाक्टरहरुसंग खुलेर नबोल्ने । यदि बोले पनि झस्किने अर्को कारण हो । त्यस्तै ब्यक्तिको शरीरमा हुने विभिन्न समस्या जस्तै : मधुमेह, लिङ्गमा बोसोको डल्ला आउनु, उच्च रक्तचाप, छारे रोग, धुम्रपान र मध्यपानको सेवन, नशा च्यापिएको आदि पनि यौन दुर्बलताका कारक तत्व मान्न सकिन्छ ।

यौन शक्ति शारिरिक र मानसिक दुबैमा निर्भर हुन्छ । त्यसैले यौन दुर्बलता भएको खण्डमा यौनकार्यमा रुचि नहुने, आफू र आफ्नो साथीलाई पूर्ण सन्तुष्टि दिन नसकिने हुन्छ । तर यौन दुर्बलताको कारण थाहा पाउन सकेमा, सोही अनुसार खानपिन तथा अन्य व्यवहारजन्य कुरामा सुधार गर्ने हो भने सहज यौनजीवनमा सजिलै फर्किन सकिन्छ ।

यौन दुर्वलता हुन नदिन के गर्ने ?
यौन दुर्वलता हुन नदिन शारीरिक एबं मानसिक रुपमा फिट हुनुपर्छ । त्यसका लागि केही उपायहरु गर्न सकिन्छ । जस्तो कि पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जीवन र मानसिक स्वास्थ्यका लागि समेत शरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ ।

यौन दुर्बलतामा मानिसको मनस्थिति र वातावरणको जति प्रभाव हुन्छ, त्यति नै उसको खानपिन र यौनका बेला गर्ने व्यवहारले पनि असर पार्छ । जाँड, रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ । साथै, यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउछ । यौन शक्ति कम गर्ने कारण मध्ये एक यो पनि हो । केही बिरामी अवस्थामा जस्तो कि मधुमेह तथा उच्चरक्तचापले पनि यौन शक्ति कम गर्दछ । यसका साथै मानसिक समस्या अर्थात डिप्रेसनका औषधि लिने व्यक्तिमा पनि यौनइच्छा कम हुन्छ ।

त्यसैले पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । थाह पाउनै पर्ने कुरा के हो भने शरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ ।

र अन्तमा …

मोटो तौललाई घटाउने , औषधी उपचार गराउने, हेपाटाइटिस बि बिरुद्ध खोप लगाउने, धुम्रपान तथा मध्यपान सेवन नगर्ने , ब्यायाम गर्ने, पोसिलो खानेकुरा खाने, । चिकित्सकसँग नियमित परामर्श लिनाले पनि यस रोगको समाधान हुन सक्दछ । समस्याको हल नै रोगको अचुक उपाय हो । रोगलाई रोकेर , लुकाएर केहि हुनेवाला छैन । बरु समाधानतिर लाग्नुपर्छ ।

(# कन्सलटेन्ट युरोलोजिस्ट डा. रौनियारलाई मध्यबानेश्वरस्थित लाइफ इन्टरनेशनल क्लिनिकमा भेटन सकिन्छ ।)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *