स्वस्थ त्वचाका लागि चनाको पिठो उपयोगी

basan

१. चनाको पिठो (बेसन) को प्रयोगले छालालाई घामबाट बचाउँछ साथै छालामा भएका दाग, डन्डिफोर जस्ता समस्या समाधान गर्न मद्दत गर्छ ।

२. तैलिय त्वचाका लागि चनाको पिठो निकै लाभदायी हुन्छ । बेसनमा गुलाबजल र दही मिलाएर त्वचामा लगाउने र १ घण्टा पछि सफा पानीले धुने गर्नाले छाला नरम, सफा र चम्किलो देखिन्छ ।

३. सुख्खा छालाका लागि चनाको पिठोमा दूध, मह र एक चिम्टी बेसार मिलाएर पेष्ट बनाई त्वचामा लगाउनाले त्वचा नरम हुन्छ ।

४. त्यसैगरी चनाको पिठोमा काँक्रोको रस,, गुलाबजल मिसाएर त्वचामा लगाउनाले त्वचा सफा र स्वस्थ हुनुका साथै छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।

५. चनाको पिठोमा कागति,, दही र बेसार मिलाएर त्वचामा लगाउने र २० मिनेट पछि चिसो पानीले धुने गर्नाले मृत छाला हटाएर त्वचामा चमक पैदा गर्छ र छालालाई घामबाट पनि बचाउँछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *