बसन्त चौधरीको नेतृत्वमा अफिनको नयाँ कार्यसमिति (नाम सूची सहित)

afin4

काठमाडौँ, ४ मंसिर – निजी अस्पताल सञ्चालकहरुको संस्था एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टीच्युसन नेपाल अफिनको अध्यक्षमा नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरी चयन भएका छन् ।

शनिबार सम्पन्न १९ साधारण सभाले अल्का अस्पतालका अध्यक्ष कुमार थापालाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।  अध्यक्ष र बरिष्ठ उपाध्यक्ष अघिल्लो कार्यकालमा समेत सोही पदमा थिए । साधारण सभाले अफिनको केन्द्रीय उपाध्यक्षमा आशा अस्पताल चितवनका नारायणसिंह कुवरलाई चयन गरेको छ ।

क्षेत्रीय उपाध्यक्षहरुमा पूर्वाञ्चलबाट लाइफगार्ड अस्पतालका डा कैलाशकुमार मध्यमाञ्चलबाट नारायणी सामुदायिक अस्प्तालका पुष्पराज शर्मा, पश्चिमाञ्चलबाट पद्मा नर्सिङ होमका नरेन्द्र बास्तोला रहेका छन् । यस्तै मध्यपश्चिमाञ्चलबाट राप्ती लाइफकेयर अस्पतालका हरिप्रसाद रिजाल र सुदुरपश्चिमाञ्चल पद्मा अस्पतालबाट गजेन्द्रविर चन्द निर्वाचित भएका छन् । त्यस्तै अफिनको महासचिवमा सुमेरु अस्पतालका हेमराज दाहाल निर्वाचित भएका छन् ।

सचिवमा बिजयपुर अस्पतालका पंकज खतिवडा (विजयपुर अस्पताल) र कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पतालका स्वरुपा श्रेष्ठ निर्वाचित भएकी छिन् ।

सदस्यहरुमा राजकुमार थापा (रिदम न्यूरोसाइक्राटिक अस्पताल), गोपिकृष्ण न्यौपाने (स्तुपा स्वास्थ्य सेवा सहकारी), लोकबहादुर टण्डन (ग्रिनसिटी अस्पताल), कैलाश खड्का (वेलकेयर अस्पताल), भरतराज रेग्मी (चितवन एभरेस्ट अस्पताल) र यमबहादुर दर्लामी (सर्वाङ्ग अस्पताल ) निर्वाचित भएका छन् ।

साधार सभामा क्षेत्रीय सदस्यमा पूर्वाञ्चलमा राजेश प्रसाद विष्ट (विराट आँखा अस्पताल), मध्यमाञ्चलमा ओमप्रकाश दवाडी (चितवन ओम अस्पताल), पश्चिमाञ्चलमा गोविन्द खनाल (मेडिटेक अस्पताल), मध्यपश्चिमाञ्चलमा चन्द्रबहादुर महतो (कौशल्या मेमोरियल अस्पताल) र सुदुरपश्चिममा विष्णु प्रसाद सापकोटा (घोडाघोडी अस्पताल) निर्वाचित भएका छन् ।

यसैबीच अफिनको भवन निर्माणका लागि नवनिर्वाचित अध्यक्ष चौधरीले नर्भिक अस्पताल र सदस्य लोकबहादुर टण्डनले ग्रिनसिटी अस्पतालको तर्फबाट २१ लाख रुपैयाँका दरले सहयोग उपलव्ध गराउने घोषणा गरे ।

बरिष्ठ उपाध्यक्ष कुमार थापाले अल्का अस्पतालको तर्फबाट ११ लाख दिने घोषणा गरे । महासचिव दाहालले वार्षिक रुपमा स्वास्थ्य महोत्सव गर्ने, सदस्य कैलाश खड्काले वेलकेयर अस्पतालका तर्फबाट ५ लाख, गोपी न्यौपानेले व्यक्तिगत रुपमा २ लाख, उपाध्यक्ष नारायणसिंह कुँवरले आशा अस्पतालबाट ५ लाख दिने घोषणा गरेका छन् ।

यसैगरी, कोषाध्यक्ष श्रेष्ठले नेपाल क्यान्सर हस्पिटलका तर्फबाट ३ लाख, सचिव खतिवडाले विजयपुर अस्पतालका तर्फबाट ३ लाख, लाइफ गार्ड अस्पतालले २ लाख र उपाध्यक्ष पुष्पराज शर्माले नारायणी सामुदायिक अस्पतालका तर्फबाट ५ लाख दिने घोषणा गरेको बरिष्ठ उपाध्यक्ष थापाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *