क्यान्सर पीडितका लागि रु एक लाख

paisa

मोरङ, ४ मङ्सिर – पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन् ।

टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि नगरभित्र रहेका आठ विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट सङ्कलित रु एक लाख १५ हजार १२७ शुक्रबार प्रदान गरिएको हो ।

उत्सवको काठमाडौँस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्युमर भनेर शल्यक्रिया गरिए पनि क्यान्सर नै भइसकेको भन्दै भारत मुम्बाईको टाटा हस्पिटलले किमोथेरापी विधिबाट उपचार गरिरहेको छ ।

शल्यक्रिया, त्यसपछिको किमोथेरापी सहितका उपचारमा घर समेत धितो राखेर हालसम्म रु १८ लाख बढी रकम खर्च भइसकेको उनका बुबा छत्रबहादुरले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *