सरकारी स्वास्थ्य संस्थाको कार्यालय समय : लामो दिनमा १०-५, छोटो दिनमा १०-४

काठमाडौँ, ३ मंसिर – स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्था विहान १० देखि ५ बजेसम्म खुल्ला गर्न पुन निर्देशन दिएको छ । मन्त्रालयले छोटा दिन हुने हिउदको समय १५ कात्तिक देखि १५ माघसम्म स्वास्थ्य संस्थाको समय १० – ४ तोकेको छ ।

यसअघि स्वास्थ्य चौकी, कतिपय प्राथमिक स्वास्थ्य केन्द्र जस्ता संस्थामा २ बजे नै कार्यालय बन्द गरि हिड्ने चलन थियो । मन्त्रालय आज पुन सूचना जारी गर्दै केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वाथ्य केन्द्र र स्वास्थ्य चौकीमा बहिरंग सेवा नियमित गर्न निर्देशन दिएको छ । यसरी सेवा उपलव्ध नगराए सम्वन्धीत संस्थाको कार्यालय प्रमुखलाई नै कारबाही गरिने सूचनामा उल्लेख छ ।

मन्त्रालय बहिरंग सेवा लगायत स्वास्थ्य सेवाहरु नियमअनुसार १० बजे देखि ५ बजेसम्म सञ्चालन भए नभएको सम्वन्धमा अनुगमन गरी जानकारी गराउन क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । साथै आम नागरिकले समेत सेवा पाएको नपाएको जानकारी गराउन आग्रह गरेको छ ।

notice-10-5

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *