नर्सिङ तथा प्यारामेडिक्सलाई स्वयंसेवकको रुपमा राख्न पाइदैन् : गगन थापा

afin

काठमाडौँ, ३ मंसिर – स्वास्थ्यमन्त्री गगन थापाले स्वयंसेवाका रुपमा कुनै पनि स्वास्थ्यकर्मी नराख्न निजी अस्पताल सञ्चालकहरुलाई निर्देशन दिएका छन् । उनले कतिपय निजी अस्पतालहरुमा नर्स तथा प्यारामेडिक्सहरुलाई तलव नदिई स्वयंसेवकको रुपमा खटाइएको गुनासो आएको भन्दै त्यसरी राखिएको भए तत्काल सच्याउन आग्रह गरे ।

एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टीच्युसन नेपाल( अफिन)को १९ औँ बार्षिक साधारण सभालाई सम्वोधन गर्दै थापाले यस्तो बताएका हुन् ।’हामीले यसबारेमा केही दिनमा सार्वजनिक रुपमा सूचना पनि जारी गर्दैर्छौँ र अनुगमन पनि गर्दैछौँ । यदि त्यस्तो पाइएमा सम्वन्धीत संस्थालाई नियम अनुसारको कारबाही गर्नेछौँ ,’ थापाले भने ।

कतिपय निजी अस्पतालहरुले नर्स तथा प्यारामेडिक्सलाई सुरुको केही महिनाका लागि स्वयंसेवकको रुपमा बिनातलव काम गराउने गरेका छन् । यस बारेमा नेपाल नर्सिङ संघले आन्दोलन गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *