नाइजेरियाको रिफ्ट उपत्यकामा ज्वरोको सङ्क्रमणले बत्तिस व्यक्तिको मृत्यु

joro
नियामी, ३ मंसिर –  पश्चिमी नाइजेरियाको ताहुवा अञ्चलको रिफ्ट उपत्यकामा गत अगस्टको अन्त्यबाट सुरु भएको ज्वरोको सङ्क्रमणको कारण कम्तिमा ३२ व्यक्तिको मृत्यु भएको छ । राष्ट्रको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।

नाइजेरियाको राष्ट्रिय रेडियो प्रसारणद्वारा प्रसारित स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा यस ज्वरोको प्रकोपबाट २३० व्यक्ति प्रभावित भएका छन् । खास गरी जनावरमा सङ्क्रमण हुने यो ज्वरोले दुर्भाग्यबस मानिसमा सङ्क्रमण भई ३२ व्यक्तिको मृत्यु भएको छ ।

मानिसमा यस ज्वरको लक्षण ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने रहेको छ भने जनावरमा ज्वर आउने र रक्तश्राव हुने रहेको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *