अब बीर अस्पतालमा टिकट लिन लाइन लाग्नु नपर्ने

bir hospitalकाठमाडौँ, १ मंसिर – बीर अस्पतालले ओपीडी जाँचमा आउने बिरामीले घण्टौँ लाइनमा उभिएर टिकट काट्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । बुधबारदेखि अस्पतालले टिकटका लागि कुपन सिस्टम लागू गर्दै लाइनमा उभिनुपर्ने अवस्थाको अन्त्य गरेको हो ।

अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार ओपिडी जाँचका लागि जाने विरामी वा तिनका आफन्तले इलेक्टिक मेसिनबाट कुपन लिएर आरामले कुर्सिमा बस्न पाउनेछन् । टिकट काट्ने झ्याल माथिको डिस्प्लेमा आफ्नो कुपन नम्बर देखिएपछि गएर टिकट काट्न सक्नेछन् । सो टिकटमा कति नम्बर कोठामा गएर बस्ने र कति नम्बर पालो भन्ने समेत उल्लेख हुनेछ डा बस्नेतले भने ।

अस्पताल सुधारका लागि स साना काम महत्वपूर्ण हुने भन्दै उनले बिरामी र तिनका आफन्तलाई सुविधा होस भन्नका लागि यो कुपन सिस्टम लागू गरेको बताए । ‘यसले काम छिटो हुने भन्ने त होइन तर सिस्टमेटिक हुन्छ । विरामी आफै कमजोर हुन्छ । टिकट काटनका लागि भिडमा ठेलमठेल गरेर बस्नुपर्दा थप पिडा हुन्छ । त्यसैलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरेका हौँ’ उनले भने, ‘यो सिस्टम पछि बिरामी र तिनका टिकटमा उभिँदा हुने दुख र झन्झट भने हुँदैन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *