नर्सिङ अध्ययनका लागि न्याम्सले खोल्यो बीएन र बीएसमा भर्ना

काठमाडौँ, ३० कात्तिक – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले शैक्षिक बर्ष २०७३/७४का लागि व्याचलर इन नर्सिङ साइन्स(बीएनएस) र व्याचलर इन मिडवाफ्री साइन्स( बीएमएस)मा भर्ना खोलेको छ ।

तीन बर्षे यो कार्यक्रममा भर्ना हुन चाहनेले नेपाल नर्सिङ काउन्सिललको पूर्वाधार पुरा गरी सर्टिफिकेट नर्सिङ पास भै एक बर्ष काम गरेको अनुभव चाहिने सूचनामा उल्लेख छ ।

बीएन एस कार्यक्रम भरतपुर अस्पताल भरतपुर चितवनमा ४० र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स बीर हस्पिटल नर्सिङ क्याम्पसमा ४० सिट रहेको छ । बीएमएसका लागि न्याम्सको नर्सिङ क्याम्पसमा १० सिट कोटा रहेको जनाइएको छ ।

हेर्नुहोस् सूचना

bns

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *