उपत्यकाका ३४ स्वास्थ्य संस्थामा सरकारको छापा, पाँच वटामा सिलबन्दी

silbandi
काठमाडौँ, २९ कात्तिक – सरकारी अनुगमन टोलीले मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका उपत्यकाका पाँचवटा क्लिनिकमा सिल गरेको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यलयबाट खटिएको सयुक्त अनुगमन टोलीले सोमबार काठमाडौँ र ललितपुरका गरि ३४ वटा क्लिनक तथा फार्मेसीहरुको अनुगमन गरेका थियो । सो क्रममा मापदण्ड पुरा नगरी सञ्चालनमा काठमाडौँका ४ र ललितपुरको १ क्लिनिकमा सिल गरेको हो ।

मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा सिल गरेको छ । सो डेन्टल क्लिनिक दर्ता विना सञ्चालन भएको पाइएकोले सिल गरेको टोली सदस्य रहेका मन्त्रालयका उपसचिव डा भवनाथ खतिवडाले जानकारी दिए ।

सो टोलीले जाउलाखेलमा रहेका नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर, नेशनल फार्मेसी, अप्टीकल नेपाल, हाम्रो डेण्टल क्लिनिक , द बेष्ट अप्टिकल, बेष्ट अल्का अप्टिकल, सामना फार्मेसी, रासा मेडिको प्रालि, विद्या अल्का फार्मेसी, अल्का अस्पताल प्रालि, सिम्रीक डेण्टल क्लिनीक, आशिष फार्मेसी, सुमेरु अस्पताल, लेजर थेरापी क्लिनीक, सुप्रिती फार्मेसी र वनयुरा फार्मेसीमा अनुगमन गरेको थियो ।

silbandi-1

यता काठमाडौँमा भने विभागका डा हेमन्त ओझाको नेतृत्वमा अर्को टोलीले अनुगमन गरेको थियो । सो क्रममो दर्ता नै नभएका बानेश्वर देखि कोटेश्वर सम्म रहेका जागरण क्लिनिक, एसआरडी डाइग्नोष्टिक, लोकसेवा डेण्टल क्लिनिक र अपी डेण्टल क्लिनिकमा सिल गरेको छ ।

विराज डेन्टलको सञ्चालक भने अनुमगन टोलीलाई कागजपत्र ल्याउछु भन्दै क्लिनिकबाट निस्केर भागेका थिए । सो क्लिनिकमा मंगलबार पुन टोली पुग्ने डा ओझाले बताए ।

silbandi2

सो टोलीले मिनभवनमा रहेको सिमा फार्मेसी, जागरण फार्मेसी, नवजीवन फार्मेसी, गौरीशंकर फार्मेसी, सोर्णिम फार्मेसी, सुखद फार्मेसी, दियोकलश फार्मेसी, हरिहर फार्मेसी, इएनटी सेन्टर, अतिग फार्मेसी, एडभान्स ओरल डेण्टल हस्पीटल, सुभ फार्मेसी लगायतमा अनुमगन गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *