क्षयरोग न्यूनीकरणका लागि सरकार प्रतिबद्ध – मन्त्री पौडेल

chhayarog
भक्तपुर, २९ कात्तिक – शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।

आज मध्यपुरथिमिमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरजिल्ला शाखाले आयोजना गरेको पुरस्कार वितरण, सम्मान एवम् दशौँ अधिवेशन उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् ।

क्षयरोग गरिब, निमुखा वर्गलाई मात्र लाग्ने रोग भनेर हेलचेक्र्याईं नगरी आसङ्कीत सबैको स्वास्थ्य परीक्षण गर्न जनचेतना जगाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए ।

रोगलाई घृणा गर्ने र रोगीलाई माया गर्ने प्रचलन बनाउनुपर्नेमा जोड दिँदै उहाँले रोगलाई लुकाउन नहुने बताए ।

कार्यक्रममा मन्त्री पौडेलले नियमित सेवा पु¥याएबापत संस्थाका कर्मचारी हिरण्यप्रताप साँगामीलाई रु पाँच हजार एक पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।

साँगामीले आफूले पाएको पुरस्कार रकममा रु २५ हजार थप गरेर क्षयरोग न्यूनीकरणका लागि अक्षयकोष स्थापना गर्न संस्थाका अध्यक्ष बाबुकाजी साँछेश्रेष्ठलाई हस्तान्तरण गरे ।

अध्यक्ष साँछेश्रेष्ठ तथा केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधान, समाजसेवी कृष्णलाल गोजाश्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठलगायतले क्षयरोग न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *