विश्व मधुमेह दिवस मनाइदै, विभिन्न स्थानमा प्रभातफेरी

madhumeh

काठमाडौँ, २९ कात्तिक – विश्व मधुमेह दिवसको अवसरमा आज विभिन्न संघसंस्थाले कार्यक्रमहरु आयोजना गरेको छ ।दिवसकै अवसरमा अज विहान मेट्रो हस्पिटल महाराजगञ्ज चक्रपथले बृहत जनचेतनामुलक प्रभातफेरीको आयोजना गरेको छ ।

मधुमेहरोग विशेषज्ञ डा ज्योति भट्टराईको नेतृत्वमा विहान साढे सात बजे सुरु भएको प्रभातफेरी चक्रपथबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र देखि त्रिवि शिक्षण अस्पतालसम्म पुगी फर्केको थियो ।

madhumeha1

कार्यक्रम पछि बोल्दै डा भट्टराईले दिनानुदिन मधुमेहरोगको प्रकोप बढीरहेको भन्दै यसलाई नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताइन् । विश्वका करीब ९ प्रतिशत मानिसहरु मधुमेहबाट पिडीत भएको भन्दै उनले नेपालमा त्यो भन्दा अझ बढी हुनसक्ने दावी गरिन् ।

खानपान जीवनशैली बाताबरणका कारण पछिल्लो समयमा मधुमेहको जोखिम बढेको उनको ठम्याई छ । डा भट्टराईले शारीरिक व्यायम सन्तुलित भोजन साथै नियमीत रुटिन टेष्ट गरी मधुमेहको जोखिमबाट बच्न सकिने भन्दै त्यसतर्फ लाग्न सल्लाह दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *