स्वस्ती बाचनसहित पदबहाली गरेका डा. केपीको कुर्ची हल्लाउलान डा. केसीले ?

dr-kp

काठमाडौँ, २८ कात्तिक – प्राडा गोविन्द केसीले आइतबार दिउसो २ बजेसम्म बरिष्ठताको आधारमा डीन नियुक्त नगरे ३ बजेबाट आमरण अनसन सुरु गर्ने भन्दै शनिबार अपरान्ह विज्ञप्ती जारी गरेका थिए । तर विज्ञप्ती निकालेको केही घण्टामै त्रिविले शनिबार राती नै प्राडा केपी सिंहलाई डीन नियुक्त गरयो ।

आइतबार विहान डा केसीले बरिष्ठताको आधार मिचेर डा केपीलाई डीन बनाएको भन्दै अपरान्ह ४ बजेबाट अनसन सुरु गर्ने भनाई सार्वजनिक गरे । सो लगत्तै डा सिंहले डा केसीसंग सल्लाह गरेर नियुक्ती पत्र लिन जाने वा नजाने निर्णय गर्ने बताएका थिए ।

आइतबार ११ बजेतिर डा सिंह सहयोगीलाई साथ लिएर नियुक्तिपत्र बुझ्न त्रिवि उपकुलपति कार्यालय कीर्तिपुर पुगे । प्राडा जगदीश अग्रवालको पक्षमा खुलेर लागेका केसीले जब दोस्रो बरियताका डा सिंह नियुक्ति पत्र बुझ्न त्रिवि गएको खबर पाए । प्रेशविज्ञप्ती तयार गरिहाले र दिउसो ४ बजेका लागि अनसन बस्ने समय निर्धारण गरे ।

दिउसो २ बज्न १० मिनेट जाँदा प्राडा केपी केही सहकर्मीको साथमा डीन कार्यलयमा आइपुगे ।  त्यतिवेला पूर्व डीनहरु प्राडा अरुण सायमी, प्राडा प्रकाश सायमी, प्राडा शशी शर्मा, पूर्व सहायक डीनहरु प्राडा शरद वन्त, रतिन्द्र श्रेष्ठ, सर्च कमिटीको सिफारिसमा परेकी प्राडा ज्योति शर्मा, डीन बन्ने चर्चामा रहेका प्राडा करबीर नाथ योगी सहित प्राध्यापक डाक्टर नर्स तथा अन्य प्रतिनिधिहरुले गेटमै भेला भएका थिए । उनीहरुले गेटमै सफल कार्यकालको शुभकामना दिए सामुहिक तस्बिर समेत खिचाए ।

kp2

त्यसपछि गरियो स्वस्ती बाचन ……
डा सिंह जव डीनको कार्यकक्षमा पस्दै थिए । भित्रबाट स्वस्वर स्वस्ती बाचन सुरु भयो । चार महिने कार्यकालका लागि नियुक्त भएका डा सिंहको कुर्चीमा कसैको नजर नपरोस भनेर हुनसक्छ पुजापाठ र स्वस्थीबाचन लगाइएको ।

गेटबाट भित्र छिरेर कुर्सीमा बसेर पहिलो साइन नगर्दासम्म स्वस्थीबाचन जारी रहयो । कतिपयले डा केसीका कारण कुर्सी कमजोर रहेको भन्दै स्वस्थी बाचन गर्न लगाएको व्यंग्य समेत गरेका थिए ।

पदबहाली पछि पूर्व डीन अरुण सायमी, मनमोहन कार्डियोथोरासिकका प्रमुख, वीपी नेत्र अध्ययन प्रतिष्ठानका प्रमुख, शिक्षण अस्पतालका उपप्रमुख, प्राध्यापक संंघका प्रतिनिधीहरुले शुभकामना मन्तव्य दिएका थिए । सोही बीचमा आएका थिए प्राडा जगदीश अग्रवाल । डीनका प्रमुख दावेदार भनिएका प्राडा अग्रवालले पनि केपीलाई भेटेरै बधाई दिए । उनले छोटो मन्तव्य समेत दिए ।

dr-kp-1

शुभकामना मन्तव्य सुनेपछि अन्त्यमा डा सिंहले आफ्नो धारणा राखे । सबैलाई समेटेर लैजान्छु । सल्लाह गरेरै काममा अघि बढ्छु । उनले केसीकै माग अनुसार आफू बरिष्ठताकै सूचीबाट डीनमा नियुक्ति भएको भन्दै डा केसीको विरोध वाइघात भएको बताए ।

डीनको कुर्सीमा बसेर डा सिंहले डा केसीको अनसनलाई वाइघात भनिरहेको बेला यता केसीले भने अनसनको लागि आफ्नो तयारी गर्दै थिए । झण्डै डेढ घण्टा पछि डा केसीले डा सिंहको नियुक्तिले बरिष्ठताको आधार मिचिएको भन्दै अनसन सुरु गरेको घोषणा गरे । उनले केही बर्ष देखि बरिष्ठताको आधार सुरु भइसकेको भन्दै डा सिंहको नियुक्तिलाई आफूले स्वीकार नगर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *