अस्पतालको स्याटलाइटबाट गाँउमा स्वास्थ्य शिबिर

म्याग्दी, २८ कात्तिक – नेपालकै नमुना अस्पताल मानिएको म्याग्दी अस्पतालको प्राविधिक सहयोगमा म्याग्दीको कुहुँ गाविसमा शनिबार ‘स्याटेलाइट सेवा’ अभियानअन्तर्गत निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

myagdi-hospital

शिविरबाट २६८ जनाले सेवा लिएका छन् । देउराली युवा क्लब कुहुँको आयोजनामा जिल्ला अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा गरिएको स्याटेलाइट क्लिनिक सेवाअन्तर्गत गाविसमा विभिन्न ठाउँबाट कलिला बालबालिकादेखि वृद्धवृद्धाले विभिन्न किसिमका रोगको उपचारका साथै निःशुल्क औषधि लिएका थिए ।

डा अनिल पोख्रेल, डा विवेक पौडेल, डा शशि लामिछाने, डा अम्बालिका शाक्य, डा प्रनिता राजभण्डारी, डा कृति कँडेलसहित स्वास्थ्यकर्मीको टोलीले स्थानीयवासीका सानादेखि जटिल समस्यालाई शिविरमै र नियमित चेकजाँचका लागि म्याग्दी अस्पतालमा सम्पर्क गर्नसमेत अनुरोध गरेको थिए ।

शिविरमा ८० जनाले भिडियो एक्स–रे सेवा लिएका थिए । पाठेघरको समस्या भएका महिलाका साथै पत्थरीका बिरामी पहिचान गर्न एक्स–रे सेवालाई समेत शिविरमा राखिएको थियो ।

देउसी भौलो खेलेर ‘आकस्मिक सुरक्षित मातृत्व कोष’ स्थापना

पश्चिम म्याग्दीको रुम गाविसमा महिलाले देउसी भैलो खेलेर ‘आकस्मिक सुरक्षित मातृत्व कोष’ स्थापना गरेका छन् । रुम महिला बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा तिहार पर्वको अवसरमा खेलिएको देउसी भैलोबाट सङ्कलित रकमले मानवीय सेवाका लागि कोष स्थापना गरिएको हो ।

रुम गाविसको १ देखि ६ नं वडासम्म खेलिएको देउसी भैलोबाट नगद रु दुई लाख ४१ हजार ६६ आर्थिक सङ्कलन गरी सहकारीमा कोष स्थापना गरिएको संस्थाका सचिव घनदेवी घर्तीले जानकारी दिइन ।

सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले स्थापना गरिएको आकस्मिक कोषबाट गाविसको १ देखि ६ वडाका आर्थिक रुपमा विपन्न र दलित महिलालाई सहयोग गरिने सहकारीले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *