चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को नयाँ डीन प्राडा केपी सिंह ?

काठमाडौँ, २७ कात्तिक – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको रिक्त डीनमा प्राडा केशवप्रसाद ( केपी) सिंह नियुक्त हुने सम्भावना बढेको छ ।

प्राडा केपी सिंह
प्राडा केपी सिंह

त्रिवि स्रोतका अनुसार सर्च कमिटीले आज बुझाएको तीन जनाको नाम मध्येबाट प्राडा सिंहको नाममा सहमति जुटेको छ । बरिष्ठताको आधारमा नाम सिफारिस गरेको दावी गर्ने सर्च कमिटिले पहिलो नम्बरमा प्राडा जगदीश अग्रवाल, दोस्रो नम्बरमा प्राडा केपी सिंह र तेस्रो नम्बरमा प्राडा ज्योति शर्माको नाम सिफारिस गरेको थियो ।

स्रोतका अनुसार पहिलो नम्बरमा सिफारिस परे पनि अख्तियारको केश र सोही विषयमा सर्बोच्च अदालतमा मुद्धा बिचाराधिन रहेका कारण प्राडा अग्रवालको नाममा सहमति जुटन सकेन । त्यसलगत्तै दोस्रो नम्बरमा परेका सिंहको नाममा सहमति भएको हो । यदि उनले भोली नियुक्ति पाएमा ४ महिना १२ दिन मात्रै डिन बन्ने छन् । किनकी उनी आगामी १० चैतमा अनिवार्य अवकाश हुँदैछन् । त्यसपछि परेकी प्राडा शर्माको भने अवकाश हुन अझै ३ बर्ष बाँकी छ ।

सिंह तेस्रो नम्बरमा सिफारिस भएकी प्राडा ज्योति भन्दा २० दिन अघि प्राध्यापक भएका हुन् । सोही आधारमा सिंह शर्मा भन्दा बरिष्ठ भन्दै सहमति जुटेको स्रोतले बतायो । डा गोविन्द केसीको अनसनमा खुलेर सहयोग गरेका सिंह शिक्षण अस्पतालको कार्यकारी निर्देशक हुँदा भने त्यति सफल देखिएका थिएनन् । यद्धपी बरिष्ठताको आधार डा केसीले उनको नाममा समर्थन गरेको स्रोतको दावी छ ।

यसअघि त्रिवि उपकुलपतिले प्राडा तीर्थ खनियाले बरिष्ठताको आधारमा शर्मा भन्दा तल रहेका प्राडा प्रताव नारायण प्रसादको नाम प्रस्ताव गर्दै सहमति गर्न रेक्टर र रजिष्टारलाई दवाव दिएका थिए । तर उनीहरुले प्रतावलाई समर्थन नगरेपछि सिंहको नाम अघि आएको हो ।

यसअघि डीनमा करबीर नाथ योगीको चर्चा चलेको थियो । तर पछिल्लो समय उनी प्रतिस्पर्धाबाट निकै पछाडी परेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *