जिल्ला अस्पतालमा नै छैन सञ्चार सुविधा

sanchar

रोल्पा, २५ कात्तिक –  रोल्पा जिल्ला अस्पतालमा सञ्चार सुविधा नहुँदा बिरामी र स्वास्थ्यकर्मीलाई सास्ती हुने गरेको छ ।

अन्य सरकारी कार्यालय रहेको स्थानभन्दा करिब पाँच किलोमिटर पश्चिममा रहेको जिल्ला अस्पतालमा हालसम्म ल्यान्डलाइन टेलिफोनको सुविधा नभएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका निमित्त जनस्वास्थ्य अधिकृत तेजेन्द्र साउदले बताए ।

“विगतमा भिस्याट र सिडिएमए टोलिफोनवाट काम चलाउने गरिएपनि ती फोनहरु पनि भरपर्दा छैनन् । आवश्यक परेको बेला नेटवर्क नै हँुदैन”, साउदले भने । कहिलेकाहीँ बिरामीको उपचार गर्दा अन्य जिल्लाका डाक्टरसँग पनि परामर्श गर्नुपर्ने भएपनि रोल्पा अस्पतालमा फोन र इन्टरनेटको असुविधाका कारण त्यसो गर्न कठिनाइ हुने गरेको उनको भनाइ थियो ।

अस्पतालजस्तो महत्वपूर्ण स्थानमा टेलिफोन र इन्टरनेटको चौबिसै घन्टा सुविधा हुनुपर्नेमा सञ्चारका कुनै पनि सुविधा उपलब्ध नहुँदा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई समस्या हुने गरेको जनस्वास्थ्य निरीक्षक नोखराज पोख्रेलले बताए ।

कृष्णबहादुर महरा सञ्चारमन्त्री हँुदा स्थानीयवासीको सहयोगमा टेलिफोन उपलब्ध गराईदिन मागपत्र पेस गरेको भएपनि हालसम्म पनि सुनुवाइ नभएको पोख्रेलले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *