चिकित्सक संघको नयाँ नेतृत्वलाई आज पद हस्तान्तर गरिदैँ

nma-elected

धरान, २५ कात्तिक – गत भदौमा निर्वाचित नेपाल चिकित्सक संघको नयाँ नेतृत्वलाई पुरानो नेतृत्वले आज पद हस्तान्तरण गर्दैछ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति ष्ठानको सभाहलमा आजबाट सुरु हुन लागेको २७ औँ अखिल नेपाल चिकित्सक सम्मेलनकै अवसरमा पद हस्तान्तरण हुन लागेको हो ।

चिकित्सक संघका नव निर्वाचित महासचिव डा लोचन कार्कीले नयाँ कार्यसमितिले आजबाट औपचारिक रुपमा जिम्मेबारी सम्हाल्ने बताए । उनले भने, हामी निर्वाचित भएपनि हामीलाई पद हस्तान्तरण भएको थिएन ।

आज सम्मेलनको अवसरमै यो कार्यक्रम सम्पन्न हुँदैछ । यसपछि मात्रै नयाँ कार्यसमितिले काम सुरु गर्छ । संघको २०७२-२०७५ कार्यकालका लागि गत १७ देखि २५ भदौसम्म निर्वाचन भएको थियो । जसमा पेशागत समावेशी समूहबाट कोषाध्यक्ष पद बाहेक अन्य सबै समूह प्रजातान्त्रिकको पक्षले जितेको थियो ।

यसैबीच आजबाट धरानमा २७ औँ अखिल नेपाल चिकित्सक सम्मेलन हुँदैछ । स्वास्थ्य मन्त्री गगन थापाले उदघाटन गर्ने सम्मेलनमा देश तथा विदेशबाट चिकित्सक तथा प्रतिनिधीहरु धरान आएका छन् ।

तीन दिन सम्म चल्ने सम्मेलनमा चिकित्सा क्षेत्रका कार्यपत्र तथा चिकित्सक संघको अघिल्लो कार्यकालको प्रगती र समिक्षा हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *