थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुरयाउन बेल्जियमबाट सहयोग

चितवन, २० कात्तिक – भरतपुरमा अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीलाई सहयोग पुरयाउन आर्थिक सहयोग गरिएको छ ।

bharatpur-hospital

चितवन सहायता कोष बेल्जियमले उक्त बिरामीको उपचारका लागि उपलब्ध गराएको रु ९० हजार आज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीलाई हस्तान्तरण गरेको हो ।

क्याट बेल्जियमका सदस्य चीजकुमार श्रेष्ठले सांसद अन्जनी श्रेष्ठमार्फत भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रुद्र मरासिनीलाई सो रकम हस्तान्तरण गरिएको हो ।

क्याट बेल्जियमले थालेसेमियाका बिरामीको उपचार सहयोगका लागि अस्पताललाई वार्षिक रु एक लाख ८० हजार सहयोग गर्ने गर्दछ ।

रकम बुझ्दै अस्पतालका मेसु डाक्टर मरासिनीले थालेसेमिया बिरामी जस्तै अन्य बिरामीको सहयोगका लागि अस्पतालले गरिब तथा विपन्न नागरिक कोष बनाएको बताए ।

बोनम्यारो ट्रान्सप्लान्ट थालेसेमिया रोगको महत्वपूर्ण उपचार भए पनि यो महँगो र विदेशमा गएर उपचार गर्नुपर्ने भएकाले रगत दिएर राखिने उनले बताए ।

भरतपुर अस्पतालमा थालेसिमिया रोग लागेका बालबालिकालाई विगत पाँच वर्षदेखि उपचार गर्दै आएका डा नारायणबहादुर थापाले राज्यको ध्यान यी बालबालिकाको उपचारको लागि केन्द्रित हुन आवश्यक रहेको बताए । सांसद अन्जनी श्रेष्ठले थालेसेमियाको उपचार पद्धति र विधिमा सुधार ल्याउनुपर्ने बताइन ।

थालेसिमिया (अपुष्ट रक्तकोष) रगतसम्बन्धी हुने विभिन्न रोगको आनुवांशिक रोग हो । यो रोग तीन महिनादेखि चार वर्षसम्मका बालबालिकामा देखिन्छ । नेपालमा अझै पनि यो रोगको भरपर्दो उपचार हुन सकेको छैन ।

चितवन सहायता कोष बेल्जियमको आर्थिक सहयोगमा चितवन सहायता समाजले विगत सात वर्षदेखि यो रोगका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आइरहको छ ।

नेपालको कुल जनसङ्ख्याको चार प्रतिशत मानिसमा यस रोगको प्रकोप देखा परेको जनाइएको छ ।भरतपुर अस्पतालमा एक वर्षको बच्चादेखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका बिरामीले उपचार लिँदै आएका छन् । जसमा महिला १७ र पुरुष ३६ जना छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *