मुस्ताङ अस्पतालमा उपकरण थप

upakaran
मुस्ताङ, १९ कात्तिक –  जिल्ला अस्पताल मुस्ताङमा विभिन्न स्वास्थ्य उपकरण थप गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले डेलिभरी बेड, रगत एनालाइजर, डिजिटल अक्सिजन कन्सन्टे«टर मेसिन जस्ता उपकरण थप गरिएको हो ।

मुस्ताङमा बढी चिसो हुने भएकाले बच्चा र वृद्धका लागि वार्मर मेसिन पनि ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य सेवा विभागबाट दुईवटा आधुनिक डेलिभरी बेड, रु पाँच लाख बराबरको रेडिमेड वार्मर र रु एक लाख ८० हजार मूल्य बराबरको आधुनिक किसिमको रगत एनालाइजर मेसिन पनि ल्याईएको छ । “एनालाइजर मेसिनले खासगरी रगतमा हुने समस्याको पहिचान सहज हुन्छ”, उनले भने, “विभिन्न देशबाट घुम्न आउने पर्यटकलाई लक्षित गरेर डिजिटल अक्सिन मेसिन जडान गरेका छौँ ।”

त्यस्तै, अस्पतालमा बिरामीको सहज पहुँच र अस्पताल व्यवस्थापनका लागि सोधपुछ कक्ष, औषधि वितरण कक्ष र नागरिक वडा–पत्रको उचित व्यवस्थापन गरिएको छ । दुईजना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा हाल पाँचजना डाक्टर कार्यरत छन् ।

अस्पतालबाट दैनिक करिब ४० जना बिरामीले सेवा लिने गरेका छन् । मेसिन थप गरिएसँगै बिरामीको चाप पनि बढ्दै जाने अस्पतालले अपेक्षा गरेको जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *