डेङ्गु सार्ने लामखुट्टे ८०२ घरमा भेटियो

dangue

चितवन, १८ कात्तिक – चितवनको भरतपुर र रत्ननगरको बजार क्षेत्रमा ८०२ घर डेङ्गु पोजेटिभ पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चलाएको डेङ्गु रोग लगाउने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने अभियानका क्रममा गरेको स्थलगत अनुगमनमा यस्तो पाइएको हो ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २० हजार २६७ वटा घरमा गरिएको अनुगमनमा ८०२ घरको एक हजार २५२ कन्टेर र भाँडामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा भेटिएको हो ।

गएको असोज १६ गतेदेखि १८ गतेसम्म यहाँ गरिएको अनुगमन प्रतिवेदनबारे आज जानकारी दिँदै उनले रत्ननगर र भरतपुरका बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे रहेकाले यस्ता लामखुट्टेबाट बच्न सर्वसाधारणलाई अपिल गरेका छन् ।

खोजी अभियान तथा स्थलगत अनुगमनमा स्वास्थ्यकर्मीसहित १५० जना स्वयंसेवक परिचालन गररिएको थियो । फेला परेका लामखुट्टेका लार्भा नष्ट भएको कार्यालयले जनाएको छ ।

चितवनको भरतपुर उपमहानगर क्षेत्रमा १६ हजार ४८५ घरमा गरिएको अनुगमनमा ५४९ घर तथा रत्ननगरका तीन हजार ७८२ घरमा गरिएको परीक्षणमा २५३ घर डेङ्गु पोजेटिभ फेला परेको निरीक्षक केसीले जानकारीदिए ।

एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ ।

लामखुट्टेको टोकाइबाट बच्ने र भाँडामा एक हप्तासम्म पानी जन्म नदिए यो रोग लाग्नबाट बच्न सकिने चिकित्सक डा विजय पौडेलले बताए । चितवनमा भदौदेखि अहिलेसम्म ४५० भन्दा बढीमा डेङ्गु रोग देखिइसकेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *