देउसी भैलीमार्फत स्वास्थ्यबारे सचेतना फैलाउँदै आमा समूह

कञ्चनपुर, १५ कात्तिक – कञ्चनपुरको झलारी पिपलाडी–३ जोनापुरका मेलमिलाप र दादुरा आमा समूहमा आबद्ध महिला देउसी भैली गीतमार्फत सर्वसाधारणका घरघरमा पुगेर स्वास्थ्यबारे सचेतना फैलाउने कार्यमा संलग्न भएका छन।

देउसी भैली गीतमार्फत सर्वसाधारणलाई निरोगीता रहनका लागि अपनाउनु पर्ने सावधानीका बारे महिलाले सचेतना छर्न थालेका हुन् ।

व्यक्तिगत सरसफाइ, चर्पीको प्रयोग, सफा पानीको प्रयोग गरी विभिन्न सङ्क्रमक रोगबाट बच्न सकिने कुरा सर्वसाधारणको घर दैलोमै पुगेर सचेत पार्ने कार्य गर्दै आएका छौँ आमा समूहका अध्यक्ष जानकी डगौराले भनिन्, “सबै जना निरोगी भए मात्रै समाज सबल बन्छ ।”

गर्भवती आमाले गर्भजाँच गराएको नगराएको बारे, गर्भवतीलाई अस्पताल लैजान अघि अपनाउनु पर्ने सावधानी, पोषिलो खानेकुरा खुवाउनु पर्छ भनेर पनि देउसी भैली गीतमार्फत जानकारी दिने कार्य गरिएको उनले बताइन्।

सुत्केरी भएका आमाका नानीलाई नियमित खोप लगाउनु पर्ने र अन्धविश्वासमा नपरी रोग लाग्ने बित्तिकै अस्पताल लैजानु पर्ने कुरा महिलाले घरमूलीलाई सम्झाउँदै हिँडेका छन् ।

गाउँका रामप्रसाद चौधरीले महिलाले देउसी भैलीमार्फत घरघरमा पुगेर स्वास्थ्यबारे जानकारी दिई सबैको आँखा खोली दिएको बताए ।

“धेरैलाई स्वास्थ्यबारे जानकारी नै थिएन गीत सुनेर धेरै जना स्वास्थ्यबारे जागरुक बनेका छन्” उनले भने । गाउँका अधिकांशले बिरामी परे गुरुवा ९झाँक्री० लगायतको शरणमा जाने गर्दछन् समाजसेवी सुरेश चौधरीले भने, “बिरामी परे स्वास्थ्य चौकी, अस्पताल पुगेर उपचार गरी रोग बल्झिनबाट बच्न सकिने रहेछ भनेर आमा समूहको प्रयासले धेरै जना सचेत भएका छौँ ।”

आमा समूहमा आबद्ध महिलाले झैँझगडा, साध सिमाना, कुलो, बाटो विवाद, घरेलु हिंसा, लेनदेनबारे विवाद भए नगरपालिकामै रहेको मेलमिलाप केन्द्रमा गएर पैसा र समयको बचत गरी हारजित बिनानै मुद्दाको छिनोफानो गरिने जानकारी समेत देउसी भैलीमार्फत दिँदै आएका छन।

समूहका बिमला चौधरीले हालसम्म २०० बढी घरमा स्वास्थ्य र मेलमिलापबारे सन्देश पु¥याइएको बताइन् अझै ३०० बढी घरमा सन्देश पु¥याइ समाजलाई निरोगीतातर्फ डो¥याउनका लागि पहल गर्ने महिलाको भनाइ रहेको छ ।

देउसी भैलीमार्फत सङ्कलन भएको रकम आमा समूहले कोष खडा गरी आर्थिक अभावले उपचारबाट वञ्चित व्यक्तिका लागि खर्च गर्ने योजना समेत बनाएका छन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *