सरकारी अस्पतालद्वारा फार्मेसी सञ्चालन

pharmecy

चितवन, १० कात्तिक –  चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले हाताभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।

बिरामीलाई सर्वसुलभरुपमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको हो । यहाँको अस्पताल बाहिर औषधि पसलमा चर्को मूल्यमा औषधि लिन बिरामी बाध्य छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बिरामीको समस्यालाई ध्यामा राखेर फार्मेसी सञ्चालनमा ल्याएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले फार्मेसी सुरु गरेको उनको भनाइ छ ।

अस्पतालले हाललाई ४०० प्रकारका औषधि राखेर सेवा सुरु गरेको छ । आवश्यकताअनुसार औषधि थप्दै जाने मरासिनीले बताए ।

अस्पतालले बाहिरका मेडिकलमा भन्दा सस्तो दरमा बिरामीलाई औषधि उपलब्ध गराउने जनाएको छ । “हामी छिट्टै अन्य प्रकारका औषधि पनि ल्याएर जनतालाई सर्वसुलभ तरिकाले उपलब्ध गराउँछौँ” अस्पतालका मेसु डा मरासिनीले भने, “सबै चुनौतीलाई पन्छाएर फार्मेसी सञ्चालनमा ल्याएका हौँ ।”

सरकारले छ महिनाभित्रमा देशभरका हरेक सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्न निर्देशन दिइसकेको छ । चितवनको भरतपुर अस्पतालले गएको एक वर्षमा विभिन्न क्षेत्रमा सेवा थपेर क्षमता विकास गर्दै आएको छ ।

आइसियु, पोस्ट अपरेटिभ वाड शल्यक्रिया कक्षलाई आधुनिक प्रविधिसहित क्षमता थपेर अस्पतालले सेवा दिन थालेको यसअघिका अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिए ।

अस्पतालमा १० वटा ठूला भवन निर्माण भएपछि क्षमता विस्तार गरिएको हो । अस्पतालले शवगृह निर्माण गरेर समेत विगतको सास्तीलाई कम गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *