पञ्चेबाँजा बजाएर मनाइयो राष्ट्रिय कण्डम दिवस

सबै तस्बिर : सगुन पौडेल

पोखरा ६ कात्तिक – हरेक वर्षको कोजाग्रत पूणिमा पछिको पहिलो शनिबारका दिन मनाईदै आएको राष्ट्रिय कण्डम दिवस यो वर्ष पनि मनाइएको छ ।

कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्वबारे जानकारी दिने तथा कण्डममा सहज र सुलभरुपमा पहुँच बढाउने उद्देश्यले “दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं” भन्ने मूल नारा सहित आज २२ औँ राष्ट्रिय कण्डम दिवस मनाइएको हो ।

जिल्ला जन स्वास्थ्य कार्यालय कास्की, पश्चिम क्षेत्रीय एच आईभी एड्स संजाल तथा परिवार नियोजन, एच आई भी एड्स र प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुको संयुक्त आयोजनामा जनचेतनामुलक रयाली सम्पन्न भएको हो ।

पोखरा स्थित जिरो किलोमिटर चोकवाट सुरु भई पृथ्वीचोक वसपार्कमा सम्पन्न गरिएको थियो । राष्ट्रिय कण्डम दिवसको मह्त्ववारे प्रकाश पार्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाईले र्यालीको उद्घाटन तथा समापन गरेका थिए ।

रयालीमा विभिन्न व्यक्ति, सरकारी, गैरसरकारी तथा समुदायमा आधारित संघसंस्थाहरु, निजी क्षेत्रको उपस्थिती रहेको थियो। बाजा गाजासहित सम्पन्न उक्त र्यालीमा हिमाली साँस्कृतिक परिवार वाजा सहित र्यालीमा सहभागि भएको थियो।

img_20161022_084238

Hisilicon Balong
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *