पाँच स्वास्थ्यचौकी हस्तान्तरण

 

healthpost

धादिङ, ४ कात्तिक – उत्तरी क्षेत्रमा रहेका पाँच स्वास्थ्य चौकी भवन आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

जर्मनेली राजदूत माथियस मेयरले स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक एवं अन्तराष्ट्रिय सहयोग महाशाखा प्रमुख भोगेन्द्राज डोटेललाई स्वास्थ्यचौकीको साँचो हस्तान्तरण गरे।

कार्यक्रममा सेमजोङ, धुवाँकोट(दुई), कटुन्जे र बुढाथुमका स्वास्थ्यचौकी हस्तान्तरण गरिएको जर्मन विकास सहयोगका लेखमणि ढकालले बताए ।

यस समेत गरी जिल्लामा १६ स्वास्थ्यचौकी जर्मन विकास सहयोग कार्यक्रम अन्तर्गत निर्माण भई हस्तान्तरण भइसकेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *