विषाक्त खानाको कारण १ सय ३७ विद्यार्थी विरामी

food

कम्बोडिया, ४ कात्तिक –  कम्बोडियाका स्थानीय स्वयमसेवी संस्थाले वितरण खाना खाएपछि एक विद्यालयमा झण्डै १३७ जना विद्यार्थी विरामी भएका छन् । एक प्रहरी अधिकारीले सो समाचारलाई पुष्टि गरेका छन् ।

दक्षिणी कम्बोडियामा पर्ने ताकेओ क्षेत्रमा सो विषाक्त खानाको कारण ती बालबालिका बिरामी परेका जनाइएको छ ।

ट्रम कक जिल्लाका प्रहरी उपप्रमुख सोक सोचेआले दिएको जनाकारी अनुसार गत मङ्गलबार बिहानदेखि विद्यार्थीहरु विरामी पर्न सुरु भएको थियो । उनका अनुसार ती बालबालिकालाई भुटेको भात, मकै, अण्डा, दुध, ससेज र पानी दिइएको थियो ।

बिरामी हुनासाथ विद्यार्थीहरुलाई उपचारकालागि अस्पतालमा लगिएको छ । उनीहरुलाई वितरण गरिएको खाना पनि परिक्षणका लागि सम्वन्धित ठाउँमा पठाइएको बताइएको छ । रासस /सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *