स्क्रब टाइफस रोगबाट पाँचको मृत्यु

typus

कैलाली, ४ कात्तिक –  स्क्रब टाइफस रोगबाट पाँच जना बिरामीको मृत्यु भएको छ ।

सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दिपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी सार्कीको ज्यान गएको सेती अञ्चल अस्पतालले जनाएको छ ।

इपियोडोमोजी तथा रोग नियन्त्रण महाशाखाले स्क्रब टाइफस परीक्षणका लागि पठाएको १५० टेस्ट कीटबाट रगत परीक्षण गर्दा ९१ जनामा सो रोग भेटिएको सेती अञ्चल अस्पतालका डाक्टर शेरबहादुर कमरले बताए ।

डाक्टर कमरले रोग नियन्त्रण महाशाखाले दुई पटक गरी १५० थान टेस्ट कीट पठाए पनि त्यसपछि पटकपटक माग गर्दा नपठाएकाले बिरामी पत्ता लगाउन समस्या भएको उल्लेख गरे ।

मुसा, छुचुन्द्रो प्रजातिको पशुको शरीरमा हुने जुम्राले टोकेमा स्क्रब टाइफस रोग लाग्ने गरेको चिकित्सकले जानकारी दिएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *