मुटु रोग परीक्षण

heart

भक्तपुर, ३ कात्तिक –  मिर्गौला उपचार एवम् प्रत्यारोपण गर्दै आएका भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आजदेखि मुटु रोग उपचार सेवा सुरु भएको छ ।

मुटु रोग उपचार सेवा सुरु भएको अवसरमा आज केन्द्रमा निःशुल्क मुटु रोग परीक्षण गरिएको छ ।

सो अवसरमा मुटु रोग विशेषज्ञ डा. कार्तिकेश ठाकुरको टोलीले ५३ जनाको मुटु परीक्षण गरिएको थियो । मुटु रोग परीक्षण, मुटुको इएको, इसिजी गरिएको थियो ।

मुटु र कलेजोको प्रत्यारोपण गर्ने लक्ष्य रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटु रोगको जाँचका लागि आवश्यकपर्ने इको, इसिजी, टिएमटी, ल्याबसेवा सञ्चालनमा आएको र मुटुको शल्यक्रिया भने यही महिनाको अन्तिम साताबाट सुरु हुने केन्द्रले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *