मुटु रोग परीक्षण
भक्तपुर, ३ कात्तिक – मिर्गौला उपचार एवम् प्रत्यारोपण गर्दै आएका भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आजदेखि मुटु रोग उपचार सेवा सुरु भएको छ ।
मुटु रोग उपचार सेवा सुरु भएको अवसरमा आज केन्द्रमा निःशुल्क मुटु रोग परीक्षण गरिएको छ ।
सो अवसरमा मुटु रोग विशेषज्ञ डा. कार्तिकेश ठाकुरको टोलीले ५३ जनाको मुटु परीक्षण गरिएको थियो । मुटु रोग परीक्षण, मुटुको इएको, इसिजी गरिएको थियो ।
मुटु र कलेजोको प्रत्यारोपण गर्ने लक्ष्य रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटु रोगको जाँचका लागि आवश्यकपर्ने इको, इसिजी, टिएमटी, ल्याबसेवा सञ्चालनमा आएको र मुटुको शल्यक्रिया भने यही महिनाको अन्तिम साताबाट सुरु हुने केन्द्रले जनाएको छ । रासस
सम्पर्क इमेल : [email protected]