मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशकको जिम्मेबारी रीता जोशीलाई

rita-joshi
रीता जोशी

काठमाडौँ, २ कात्तिक – मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशकको जिम्मेबारी रीता जोशीले प्राप्त गरेकी छन् । दुई महिना अघि एघारौँ तहमा बढुवा भएकी पव्लिक हेल्थ समूहकी जोशीलाई सोमबारको स्वास्थ्यमन्त्रीस्तरीय बैठकले मध्यपश्चिमको निर्देशक बनाउने निर्णय गरेको हो ।

यसअघि गत महिना मात्रै जोशीलाई मन्त्रालयले कैलाली जनस्वास्थ्य प्रमुखको रुपमा पदस्थापन गरेको थियो । मध्यपश्चिमका नि निर्देशक भोगेन्द्र डोटेल जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौँमा सरुवा भएपछि रिक्त बनेको मध्यपश्चिमले पहिलोपटक महिला निर्देशक पाएको छ ।

काठमाडौँ आएका डोटेल अहिले भने मन्त्रालयको नीति योजना महाशाखामा सरुवा भइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *